टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता

  डेटूडे खबर डेस्क
  १७ असोज २०८०

                            

एजेनसी ।

भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलाे वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीले सेनाका केही गाडी पनि बगाएको छ ।  

यस्तै, बाढीमा परेर  जलविद्युत् आयोजनाका केही कर्मचारी पनि बेपत्ता भएका आशङ्का गरिएको छ । राति अचानक आएको बाढीका कारण धेरै नोक्सानी भएको खबरमा उल्लेख छ । वर्षाका कारण त्यहाँको राष्ट्रिय राजमार्गसहित धेरै सडकमा क्षति पुगेको छ ।

सडक सम्पर्क टुट्दा राहत तथा उद्धारमा कठिनाइ भएको छ । बाढीको जोखिम बढेपछि जलपाइगुडीमा नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट