इजरायल र हमासबीचको गोलाबारीमा २ सय ५० जनाभन्दा धेरैको ज्यान गयो

  डेटूडे खबर डेस्क
  २१ असोज २०८०

                            

एजेन्सी । इजरायल र हमासबीच गाजापट्टी क्षेत्रमा भएको गोलाबारीमा २ सय ५० जनाभन्दा धेरैको ज्यान गएको छ । आक्रमणमा परी ७ सय जनाभन्दा धेरै इजरायली नागरिक घाइते भएका छन् । प्यालेस्टाइनी लडाकू समूह हमासले हिजोदेखि इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण थालेको हो ।

अमेरिका, भारत, ईयूलगायत विश्व समुदायबाट यो आक्रमणको निन्दा गरिएको छ । ह्वाइट हाउसले विज्ञप्ति निकालेर अमेरिकाले घटनाको कडा एवं स्पष्ट शब्दमा निन्दा गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकू समूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन्।

युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गरेकाे छ । आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका देशले पनि चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ ।

विश्व समुदायले युद्ध अन्त्य र स्थायी शान्ति कायम गर्न दुवै पक्षसँग आह्वान पनि गरेका छन् । इरानले भने हमास समूहले इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट