विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपालको अवस्था ११ स्थानले सुधार

  डेटूडे खबर डेस्क
  २९ असोज २०८०

                            

एजेन्सी ।

विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालले ११ स्थान सुधार गरी ६९ औँ स्थानमा आएको छ । एक सय २५ देशको सूचीमा गएको वर्ष ८१ औँ स्थानमा रहेको नेपाल यस वर्ष ६९ औँ स्थानमा आएको हो ।

विश्वव्यापी भोकमरीबारे जानकारी दिने एउटा अन्तर्राष्ट्रिय  प्रतिवेदन अनुसार नेपालको अवस्था सुधारोन्मुख र मध्यम खालको भोकमरी भएको देशको सूचीमा छ । शून्यदेखि एक सय अङ्कमा मापन गरिने सूचकाङ्कमा जसको अङ्क सबैभन्दा कम हुन्छ त्यसैलाई कम भोकमरी भएको देशको रूपमा लिइन्छ । नेपाल १५ अङ्कसहित एक सय २५ देशमध्ये ६९ औँ स्थानमा रहेकाे हाे । नेपालको अवस्था दक्षिण एसियामा भारत, पाकिस्तान र बङ्ग्लादेश भन्दा राम्रो देखिएको छ । भारतले भने प्रतिवेदन त्रुटिपूर्ण रहेको बताएको छ ।

आयरल्यान्डमा रहेको कन्सर्न वर्ल्डवाइड र जर्मनीमा रहेको वेल्टहङ्गर हिल्फे नाम गरेका दुई वटा संस्थाले प्रतिवेदन तयार पारेर सार्वजनिक गरेका हुन् । विश्व भोकमरी सूचकाङ्क (जीएचआई) मापनका लागि मुख्य चार वटा सूचकलाई आधार मान्ने गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्ता सूचकहरूमा अल्पपोषण, पाँच वर्षमुनिका बालबालिकामा हुने दीर्घकालीन कुपोषण, बालबालिकाको उमेरअनुसार उचाइ नपुगेको अवस्था र बाल मृत्युदर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट