ब्राजिल विमान दुर्घटनामा १२ को मृत्यु

  डेटूडे खबर डेस्क
  १३ कार्तिक २०८०

                            

एजेन्सी ।

उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

 विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर राज्य सरकारले आइतबार बताएको छ।

दुर्घटनामा विमान चालक र सहचालकसहित नौ वयस्क र एक शिशुसहित सबै १० यात्रुको दुःखद निधन भएको हो। अल जजिराका अनुसार मर्ने यात्रुहरूको राष्ट्रियता पत्ता लागेको छैन।

यसैबीच अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिने घोषणा गरेका छन्। स्थानीय कम्पनी एआरटी ट्याक्सी एरेओले सञ्चालन गरेको उक्त विमान छिमेकी अमेजनस राज्यको एनविरा सहरतर्फ गइरहेको थियो।

अल जजिराका अनुसार विमानमा आगो निस्कियो तथा पेरु र बोलिभियासँगको ब्राजिलको सीमा नजिक दुर्गम क्षेत्रमा जङ्गलमा आगो लाग्यो।

दुई महिनाभन्दा पनि कम समयमा यो दोस्रो दुर्घटना हो। सेप्टेम्बर महिनामा अमेजनस राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट