नि. कार्यालय प्रमुखलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० कार्यकर्ता पक्राउ

डेटूडे खबर डेस्क
०४ कार्तिक २०७८
जनकपुरधाम – संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी दुर्व्यवहार गर्ने पार्टीका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कार्यालय प्रमुख कुश्वाहालाई दुर्व्यवहार गर्ने १० जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए ।