भारतले दियाे श्रीलङ्कालाई ३ सय ५८ रनकाे लक्ष्य

  डेटूडे खबर डेस्क
  १६ कार्तिक २०८०

                            

एजेन्सी ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलङ्कालाई ३ सय ५८ रनकाे लक्ष्य दिएकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायाे । भारतका शुभमन गिलले ९२, विराट काेहली ८८ र श्रेयस अय्यरले ८२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशनाकाले ५ विकेट लिए ।

भारत ६ खेलमा १२ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । श्रीलङ्का उति नै खेलमा ४ अङ्कसहित साताैँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट