जनमतले गर्‍यो अधिवेशनको मिति तय

  डेटूडे खबर डेस्क
  १५ मंसिर २०८०

                            

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गर्ने मिति घोषणा गरेको छ ।

जनमत पार्टीका प्रवक्ता डा.शरतसिंह यादवका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म सबै वडा समितिको अधिवेशन गरिसक्नु पर्ने हुन्छ । त्यस्तै माघ १५ गतेदेखि फागुन १५ गतेसम्म सम्पूर्ण पालिका समितिको अधिवेशन गर्ने मिति तय भएको प्रवक्ता यादवले बताएका छन् ।

चैत ३ गते सम्पूर्ण जिल्लाको अधिवेशन गर्ने तथा २०८१ वैशाख २४–३० गतेसम्म प्रदेशको अधिवेशन गरिसक्नु पर्ने पार्टीले निर्णय गरेको उनले बताए । वडा तथा पालिकाको अधिवेशन बारे भएको निर्णयको माइन्युट फागुन २० गतेभित्र पार्टी केन्द्रीय सचिवालयलाई पठाउन पनि वडा तथा पालिका समितिलाई पार्टीले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट