अभियानीहरुद्वारा जन्मदिनको अवसरमा वृक्षारोपन कार्यक्रम सम्पन्न

डेटूडे खबर डेस्क
०४ कार्तिक २०७८
जनकपुरधाम । रेलबे ट्रयाक साप्ताहिक सरसफाई अभियानी रुबि झाले आयोजना गरेको बृक्षारोपन कार्यक्रममा कमला नदि बचाउ अभियानको संयोजक बिक्रम यादवको जन्मदिनको अवसरमा रेल्वे ट्रयाक नजिकै वृक्षारोपण गरी कार्यकम सम्पन्न भएको छ ।
कार्यक्रममा शहिदनगर नगरपालिका मेयर उदय कुमार बरबरिया, नेपाली कग्रेसको क्षेत्रीय सह-सभापति नवीन कुमार गोहिवार, जसपा नेता श्याम नारायण यादव, समाजसेवी प्रभु दयाल जालान, ने.बि. संघका केन्द्रिय सदस्य शिव शंकर गोईत, नेकपा माओवादी केन्द्रका युवा नेता राम कुमार यादव, रा.रा.ब. नेबि संघ एकाई कमिटी सभापति सुजित कुमार यादव, कमला नदि बचाउ अभियानी राम सुन्दर मण्डल, रजनिस यादव, रुपि यादव, कृष्ण यादव, गंगा यादव एवं अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।