इजरायलको ड्रोन आक्रमणमा हमासका उपनेता अरौरीसहित ६ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १८ पौष २०८०

                            

एजेन्सी ।

इजरायलले गरेको ड्रोन आक्रमणमा परि हमासका उपनेता सालेह अल–अरौरीको मृत्यु भएकाे छ । इजरायलले हमासविरुद्ध लेबनानमा गरेको आक्रमणमा नेता अरौरीसहित अन्य ६ जना मारिएको दाबी गरेको छ । हमासको दोस्रो वरियतामा रहेका नेता अरौरीको दक्षिणी बेरुतमा ड्रोन आक्रमणमा परेर ज्यान गएको बीबीसीले जनाएको छ ।

इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये ५७ वर्षीय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् । यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरुलाई इजरायल–हमास युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । इजरायलले  भने हमास लक्षित आक्रमण गरेको भन्दै लेबनानलाई आक्रामक नहुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट