कर्मचारी माथि गरेको दुरव्यवहारलाई उनमुक्ति नदिइने प्रतिबद्धता: अर्थमन्त्री साह

  डेटूडे खबर डेस्क
  ०४ कार्तिक २०७८

                            
जनकपुरधाम । अर्थ मन्त्रालय प्रदेश २ का मन्त्री शैलेन्द्र साहले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित्त प्रमुख माथि गरेको दुरव्यवहारलाई घोर भर्सना गर्दै सामाजिक संजालबाट बिरोध गरेका हुन उनले सामाजिक संजालमा लेख्दै "दुरव्यवहार गर्ने शक्ति तथा समूहका अराजक, उपद्रवी र निन्दनीय कार्यप्रति घोर भत्र्सना गर्दछु । सभ्य, सुसंस्कृत र संस्कारी समाजको परिकल्पना विपरीत अनुशासनहीन, असंयमित र आतंक पोषक आतातायीहरूको अमानवीय तथा अवाञ्छित गतिविधिलाई किमार्थ स्वीकार गर्न सकिँदैन ।व्यक्तिको अस्तित्व, आत्मसम्मान र मर्यादाको मानमर्दन हुने गरी आज भएको घटनामा संलग्नहरू माथि कडाभन्दा कडा कार्बाही गर्न प्रदेश सरकारले सरोकारवालालाई निर्देशन दिएको छ । घटना असह्य हो, चिन्ताजनक पनि । यस्ता दुष्कार्यले अनाधिकृत र अवैधानिक संस्थाबाट अनुचित काम हुने जोखिम बढेके छ । यसले पाषाणयुगीन क्रुरतम न्याय पुनस्र्थापित गर्न खोजिएको छ ।
जहाँ सही र गलत छुट्याउने विवेकशुन्य हुन्छ । राज्यमा हरेक समस्या समाधान गर्ने संस्था र संयन्त्र हुन्छन् । जसमाथि विश्वास र भरोसा गर्नुपर्ने हुन्छ तर, आज जसरी जनमत पार्टीका कार्यकर्तारूले कानून हातमा लिएर कथित न्याय गर्ने नाममा सार्वजनिक आतंङ्क मचाएका छन्, यसले यो पार्टी अधिनायकवादी, व्यक्तिपूजक, संकीर्ण अहंकारवादी र जनविरोधी रहेको प्रस्ट हुन्छ । घटनामा संलग्न जोसुकैलाई पनि राजनीतिक वा सामाजिक आन्दोलनका नाममा उनमुक्ति नदिइने प्रतिबद्धता व्यक्त गर्दछु । तसर्थ यसकारणले विचलित नहुन र आफ्नो मनोबल कमजोर नपार्न राष्ट्रसेवक कर्मचारीहरूसँग आग्रह गर्दछु ।"
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट