चीनको हेनान प्रान्तको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०६ माघ २०८०

                            

एजेन्सी । 

चीनको हेनान प्रान्तको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु  भएकाे छ । हेनान प्रान्तको याङसाम्फु गाउँमा सञ्चालित प्राइमरी र नर्सरी स्कुलमा गएराति आगलागी भएको हो ।

आगलागीमा परि ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी रहेको बीबीसी हिन्दीले जनाएको छ । आगलागीमा परि घाइते भएका एक जनाको उपचार भइरहेको छ।

चीनको समाचार संस्था शिन्हुआले विद्यालयका सञ्चालकलाई पक्राउ गरी आगलागीको घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यसअघि गएको नोभेम्बर २६ मा चीनको शान्सी प्रान्तको एक कारखानामा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट