विज्ञापनमा खेल्दा कलाकार सजग हुनुपर्छ : भुवन केसी

  डेटूडे खबर डेस्क
  १५ माघ २०८०

                            

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन्।सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने? भन्ने कुरामा धेरै सजग हुन जरुरी रहेको बताए।

उनले मदिरा, चुरोट लगायतका विज्ञापन कलाकारहरुले गर्नु नहुने बताए। उनले गलत सन्देश दिने विज्ञापन गर्नु नहुने बताए।

उनले कलाकारहरुले सामाजिक कामका विज्ञापनहरु निःशुल्क गर्नुपर्ने बताए। विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सतर्क हुन जरुरी रहेको बताए।

उनले भने, ‘कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी छ। कुनै मदिरा वा कुनै चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नु हुँदैन। गलत म्यासेज फैल्याउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन। समाजमा कहिले काहीँ एकदमै राम्रा सामाजिक कामका विज्ञापनहरु निःशुल्क पनि गरिदिनुपर्छ र गरेका पनि छौँ। त्यस्तोमा कलाकारहरु सजग हुनुपर्छ।'

अध्यक्ष केसीले नेपालमा चल्ने कुनै पनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट