संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

  डेटूडे खबर डेस्क
  २३ माघ २०८०

                            

काठमाडौँ । संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय महासचिव पदमा नियुक्त भएका छन्। 

 राष्ट्रपति रामचन्द्र पौडेलले माघ २३ गते मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। 

उनले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबारै बुझाएको राजीनामा  राष्ट्रपतिले स्वीकृत गर्दै संघीय संसदको महासचिव नियुक्त गरेका हुन्।

संसद सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षले झन्डै दुई महिनाअघि नै पाण्डेयलाई महासचिव नियुक्तिका लागि सिफारिस गरे पनि राष्ट्रपति पौडेलले बल्ल नियुक्तिको निर्णय गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट