धनगढीमा प्रधानमन्त्रीले भन्नुभयो– ‘एमसीसी पारित हुन्छ’

  डेटूडे खबर डेस्क
  ०५ कार्तिक २०७८

                            

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने दाबी गर्नुभएको छ ।

बाढी प्रभावित क्षेत्र अवलोकनका लागि सुदूरपश्चिमा रहनुभएका प्रधानमन्त्रीले शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी पारित हुने दाबी गर्नुभयो । एडीबीलगायतका दातृ निकायमा अन्तर्राष्ट्रिय कानून लागू भएको उल्लेख गर्दै तर एमसीसीले नेपालको कानून मान्छु भन्दा पनि झुटा प्रचार गरिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले एमसीसीमा संशोधन गर्नुपर्ने विषय नरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले शीघ्र निर्वाचन र प्रदेश सरकारका परिवर्तनबारे गठबन्धनले निर्णय गर्ने जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले पार्टीको महाधिवेशनबारे निर्णय गर्ने अधिकार निर्वाचन समितिलाई रहेकाले आफूले त्यस विषयमा धारणा नराख्ने बताउनुभयो ।

सुदूरपश्चिमजस्तै देशभर बाढी पहिरो र डुबानको समस्या रहेको बताउँदै प्रधानमन्त्री देउवाले अन्य क्षेत्रको पनि भ्रमण गर्ने जानकारी दिनुभयो । उहाँले सरकारले जनतालाई राहतका कार्यक्रम ल्याउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट