प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ : राउत

  डेटूडे खबर डेस्क
  ३० फाल्गुण २०८०

                            

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्नेमा जोड दिएका छन्।

 बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विश्वासको मत प्रत्यक्ष रूपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताए।

उनले जनताले दिएको विश्वासको मतलाई दलहरूले बचाउन नसकेको स्पष्ट पारे। उनले अहिलेको संसद्को गन्थनमन्थनबाट जनताले केही पाउन नसकेको बताए।

उनले भने, ‘जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन सकेनौँ। जनताले नै प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौँ। अहिले बनेको गठबन्धनमा सैद्धान्तिक धरातल छ भन्न सकिँदैन।’

अध्यक्ष राउतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मधेशीहरूलाई राज्यले हत्या गर्दा नबोलेकोप्रति आपत्ति जनाए। उनले जनता समाजवादी पार्टी, नेपालप्रति लक्षित गर्दै गौर नरसंहारमा विभत्स हत्या गर्ने व्यक्तिहरूसँगै अहिले गठबन्धनमा बसेको रास्वपाले उनीहरूलाई कारबाही गर्ने ल्याकत रास्वपाले राख्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट