दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा १ युवकको मृत्यु

  डेटूडे खबर डेस्क
  १८ चैत्र २०८०

                            

 जनकपुरधाम ।  रौतहटमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई नगरपालिका ४ इनर्वारीका २५ बर्षीय सुरेश पासवान रहेका छन् ।

आज बिहान परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा पासवान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते पासवानलाई थप उपचारका लागि वीरगञ्ज पठाउँदा उपचारको क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट