पूर्वमन्त्री खान सवार जिप दुर्घटना

  डेटूडे खबर डेस्क
  २६ चैत्र २०८०

                            

काठमाडौँ । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्रकुमार जानकारी दिए ।

दुर्घटनामा परेर खान, उनका चालक, स्वकीय सचिव र कम्यूटर अपरेटर घाइते भएका छन् । काठमाडौंँबाट बर्दिया जाँदै गरेका खान सडक दुर्घटनामा परेपछि उपचार गराउन काठमाडौँ फर्किएका छन् । खानको देब्रे हातमा चोट लागेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट