सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

  डेटूडे खबर डेस्क
  १३ वैशाख २०८१

                            

जनकपुरधाम ।  आज सुनको भाउ तोलामा दुई सय रुयौयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार छ सय ५५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट