नेपाल-भारतमा हत्या र डकैती गरेर फरार रहेका गिरी पक्राउ

  डेटूडे खबर डेस्क
  ०७ जेठ २०८१

                            

 पर्सा । पर्सा प्रहरीले कुख्यात अपराधी प्रेम गिरीलाई पक्राउ गरेको छ।

 पर्सा सखुवा प्रसौनी गाउँपालिका-५ का ७२ वर्षीय गिरीविरुद्ध प्रशासन कार्यालयका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत मोहनप्रसाद मैनालीलाई २०६५ सालमा गोली हानी हत्या गरेको मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

नेपाल र भारतका विभिन्न स्थानमा हत्या, चोरी, डकैतीलगायत अन्य आपराधिक गतिविधिमा संलग्न रहेका गिरीको खोजीमा प्रहरीले लामो समय खर्चिनु परेको थियो। 

पक्राउ परेका गिरीले ०५७ सालमा पर्सा विन्दावासिनीस्थित एउटा घरमा डकैती गर्ने क्रममा गोली चलाउँदै देवेन्द्रप्रसाद यादवको मृत्यु भएको घटनामा खुन डाँका मुद्दा चलेको छ। 

२०६६ फागुन १९ गते स्थानीय प्रशासनको फैसलाअनुसार हातहतियार तथा खरखजना मुद्दामा फरार रहेका पर्साका डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।

​डिएसपी थापाका अनुसार २०६० सालमा पनि जिल्ला प्रशासन कार्यालय पर्साको फैसलामा हातहतियार तथा खरखजाना मुद्दामा फरार थिए भने ५६ सालमा प्रशासनले नै गिरीलाई केही सार्वजनिक अपराध मुद्दामा संलग्न रही फरारको सूचीमा रहेको करार गरेको थियो ।

पर्सा प्रहरीले कुख्यात अपराधी प्रेम गिरीलाई पक्राउ गरेको छ। पर्सा सखुवा प्रसौनी गाउँपालिका-५ का ७२ वर्षीय गिरीविरुद्ध प्रशासन कार्यालयका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत मोहनप्रसाद मैनालीलाई २०६५ सालमा गोली हानी हत्या गरेको मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

नेपाल र भारतका विभिन्न स्थानमा हत्या, चोरी, डकैतीलगायत अन्य आपराधिक गतिविधिमा संलग्न रहेका गिरीको खोजीमा प्रहरीले लामो समय खर्चिनु परेको थियो। 

पक्राउ परेका गिरीले ०५७ सालमा पर्सा विन्दावासिनीस्थित एउटा घरमा डकैती गर्ने क्रममा गोली चलाउँदै देवेन्द्रप्रसाद यादवको मृत्यु भएको घटनामा खुन डाँका मुद्दा चलेको छ। 

२०६६ फागुन १९ गते स्थानीय प्रशासनको फैसलाअनुसार हातहतियार तथा खरखजना मुद्दामा फरार रहेका पर्साका डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।

​डिएसपी थापाका अनुसार २०६० सालमा पनि जिल्ला प्रशासन कार्यालय पर्साको फैसलामा हातहतियार तथा खरखजाना मुद्दामा फरार थिए भने ५६ सालमा प्रशासनले नै गिरीलाई केही सार्वजनिक अपराध मुद्दामा संलग्न रही फरारको सूचीमा रहेको करार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट