अखण्ड शौभाग्यको कामना गर्दै मिथिलाञ्चलमा विवाहित महिलाहरु मनाईन् बटसावित्री पर्व

  डेटूडे खबर डेस्क
  २५ जेठ २०८१

                            

जनकपुरधाम । मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै विवाहित महिलाहरु  विहिवार वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाईएकाे छिन् । यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ वरको रुखमुनि बसेर पूजा गरेकाे छिन् । परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ । 

धार्मिकग्रन्थ स्कन्धपुराणमा उल्लेख गरिए अनुसार, बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले सो रुखमुनि बसेर पूजा गर्दा ती त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ ।

अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनि नै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्ष अर्थात बरको रुख मुनि बसेर सो पर्व मनाउने गरिन्छ ।

यस पर्वमा बाँसबाट बनाइएका नयाँ हाते पंखा, धागो, मिठाई, फलफूल, चना लगायतका सामग्रीका साथ पूजा गरिन्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट