प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

  डेटूडे खबर डेस्क
  २८ जेठ २०८१

                            

 जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले मोदीलाई तेस्रो कार्यकालका लागि बधाइ दिँदै नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

भेटमा दुइ देशका प्रधामन्त्रीबीच नेपाल-भारतबीच आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भयो। उनीहरूले विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा समेत छलफल गरे।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए।

प्रधानमन्त्री प्रचण्डका साथ पुत्री गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री सोमबार साँझ  स्वदेश फर्किने कार्यक्रम छ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट