चाड हतियार डिपोमा आगलागी र विस्फोट‚ ९ जनाको मृत्युसँगै ४६ घाइते

  डेटूडे खबर डेस्क
  ०७ आषाढ़ २०८१

                            

एजेन्सी ।

चाडको राजधानी एन जामेनामा रहेको हतियार भण्डारमा विस्फोट हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। 

चाडका स्वास्थ्यमन्त्री अब्देल मजिद अब्देरहिमले यसबारेमा जानकारी दिएका हुन्। आगलागी र विस्फोटको कारण अझै पत्ता लागेको छैन। 

मारिनेमा बालबालिकासहित सर्वसाधारण रहेका छन्। चाडका राष्ट्रपति महामत इड्रिस डेबी इट्नोले शहरको गौडजी छेउमा रहेको दुर्घटनास्थल र घाइतेहरूको निरीक्षण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट