मोक्षद्वारमा विकास निर्माणको कार्य तिब्र गतिमा हुदै

  डेटूडे खबर डेस्क
  १८ आषाढ़ २०८१

                            
जनकपुरधाम । जनकपुरधाम वडा नं.८ मा (अवस्थित) मोक्षद्वारमा विकास निर्माणको कार्य अहिले तिब्र गतिमा भइरहेको छ । दुई सय वर्ष पुरानो रहेको मोक्ष द्वारलाई बीचली (मधमासर) नामले पनि चिनिन्छ ।
 
मोक्षद्वारको भौतिक संरचना निर्माणको अभियानमा लागेका युवा आदित्य ठाकुर बताउँछन् । मोक्षद्वारमा वर्षौ देखी यहाँका स्थानीय देखि लिएर वरीपरी गाउँका मान्छे शवलिएर आउँछन् र दाहसंस्कार गर्ने गर्छन तर दुःखको कुरा के हो भन्ने यहाँ विकास निर्माण तथा सरसफाईमा यहाँका स्थानीय देखी लिएर अगुवा सम्म कसैको ध्यान नगएको उनले दुःख व्यक्त गरे ।
 
तथापी यता आएर मोक्षद्वार विकास निर्माणको अभियानमा आफु लागि परेको र यसमा मैथिलि विकास कोष जनकपुरधामका अध्यक्ष जीवनाथ चौधरी, पूर्व वडा अध्यक्ष रमेश ठाकुर, रामअशिष दास जस्ता अभिभावक वर्गको ठुलो साथ र सहयोग रहेको जसले गर्दा अहिले मोक्षद्वारको परिसर घेरावेरा गर्नका लागि पर्खाल निर्माण, शव दहनको लागि ट्रस्टको काम लगायत अन्य कार्यहरु तिब्र गतिमा भइरहेको  छ ।
उक्त कार्य उद्योग पर्यटन मन्त्रालय मधेश प्रदेश जनकपुरधामको विनियोजित बजेटबाट पर्यटन विकास कार्यालय धनुषाबाट भइरहेको ठाकुरले बताए । मोक्षद्वारको विकास निर्माणमा एवं मोक्षद्वारलाई सौन्दर्यिकरण गर्नका लागि सबैको भूमिका एवं साथ र सहयोगको आवश्यकता रहेको समेत बताए ।
 
 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट