सामान्य अंकले बढेको शेयरबजारमा कारोबार रकम भने घट्यो

  डेटूडे खबर डेस्क
  १२ भदौ २०८१

                            

काठमाडाैँ ।

लगातार दुई दिन घटेको शेयरबजार बुधबार सामान्य अंकले बढेको छ । बुधबार ३.८ अंकले बढेर नेप्से परिसूचक २७८६.४० अंकमा पुगेको छ । नेप्से बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि मंगलबार १८ अर्बको कारोबार भएको थियो ।  

बुधबार  बैंकिङ उपसमूह ०.९२, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३ र अन्य उपसमूह ०.०९ प्रतिशतले बढेको छ । विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०.९७ तथा व्यापार उपसमूहमा १.४३ प्रतिशतको गिरावट आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट