नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०८ कार्तिक २०७८

                            

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार २८४ जनाको पीसीआर परीक्षणमा ६७३ र २ हजार ५८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५०१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट