शक्‍तिपीठ राजदेवी मन्दिरमा बोकाबली सुरु

  न्यूज डेस्क
  २४ असोज २०८१

                            

धनुषा । महान शक्‍तिपीठ राजदेवी मन्दिरमा बोकाबली सुरु भएको छ। मन्दिरमा सुरक्षाकर्मी, स्वयंसेवक तथा श्रद्धालु भक्तजनहरूको उपस्थिती धेरै मात्रामा देखिएको छ। विगतमा १५ हजार बोकाबली भएको थियो भने यस वर्ष १६ हजार वा सोभन्दा माथि अनुमानित बोकाबली हुने जानकारी श्री महावीर युवा कमिटिको अध्यक्ष अजय गुप्ताले डेटूडे समाचारदातालाई दिए। बोकाबलीका लागि प्रत्येक वर्ष ४ वटा ठेहा राखिन्छ। यस वर्ष पनि ४ वटा ठेहा राखिएको उनले बताए। उनका अनुसार बिहान ३ बजे सम्म ४ वटा ठेहाबाट अनुमानित १६ हजार बोकाबली प्रदान गर्ने योजना छ। प्रत्येक १० मिनेटमा बोकाबली प्रदान गर्ने व्यक्तिको परिवर्तन गरेर बोकाबली प्रदान गरिनेछ। सोधपुछको क्रममा उनले आज सोशल मिडियामा भाइरल बिलको विषयमा छानबिन भइरहेको बताए। उनले त्यो बिल हामीलाई बदनाम गर्नका लागि फोटोकापी गरिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट