आगामी चैत ५ गते भित्र स्थानीय तहको चुनाव !

  डेटूडे खबर डेस्क
  ०८ कार्तिक २०७८

                            

जनकपुरधाम । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो ।

२०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएकोले चैत्र ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष आयोगले सिफारिस गरेको हो ।

कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने उल्लेख छ । यसबारे सरकारले उपयुक्त निर्णय गर्ने आश्वासन प्रधानमन्त्री देउवाले दिनुभएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट