विवाह पञ्चमी महोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर

  डेटूडे खबर डेस्क
  २१ मंसिर २०८१

                            

 जनकपुरधाम । त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ। यस अवसरमा अयोध्याबाट जन्ती जनकपुरधाम आउने परम्परा रहेको छ।यसै अवसरमा नेपाल–भारत खुला सिमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले संयुक्त रूपमा नि:शुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था, र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन्। शिविरको दोश्रो दिन  सम्म करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको संस्थाका अध्यक्ष डा. राजीव झा ले जानकारी दिए ।
नेपाल भारत खुला सिमाका कारण भारतको बिहार उत्तर प्रदेश पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजनहरु राम जानकी विवाह हेर्न आउने गरेको छन्।
खुला सिमा नेपाल भारत बिचको मैत्री सम्बन्धका आधार स्तम्भ हुन शिबिरमा आएका यात्रीहरुको भनाइ रहेको छ।
शिविर  शुक्रवार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने र त्यसपछि यात्री विश्राम स्थलमा परिवर्तन गरिनेछ। शिविरमा डा. अजय मिश्र, डा. उदय झा, सिअहेव दिलीप मिश्र, उज्ज्वल झा, शशी सिंह र सोनु यादव लगायतका स्वास्थ्यकर्मीहरूले नि:शुल्क सेवा प्रदान गरिरहेका छन्।
जसपा नेता तथा प्रदेश सभा सदस्य माननीय मनिष सुमन,जिसस प्रमुख राम नन्दन मंडलले संस्थाको प्रयासको प्रशंसा गर्दै समाजसेवाको यो पहललाई प्रेरणादायी बताए।

शुभकामना दिनेहरुमा प्रमोद चौधरी,डा बिरेन्द्र लाल कर्ण,प्रध्यापक देबेन्द्र झा लगायतकाे सहभागीता रहेकाे थियाे । शिविरमा नेपाल–भारत खुला सिमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, प्रदेश सह संयोजक रघुनाथ यादव दिपक,धनेश्वर ठाकुर, मनिष ठाकुर, कृष्ण कुमार साह र क्लोथ बैंकका उपाध्यक्ष पुरन साह, काेषाध्यक्ष रुवी झा,  सचिव मनिष श्रीओम, कार्यक्रम संयोजक रञ्जित झा, खुशबु साह, नन्दकुमार झालगायतको उपस्थिति रहेको जानकारी प्रवक्ता प्रमोद साह रङ्गीले जानकारी दिए।
यो शिविरले विवाह पञ्चमी महोत्सवमा सहभागी तीर्थयात्रीहरूलाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट