सरकारलाई सफल बनाउन सबैको साथ सहयाेग जरुरी छ : डा. शेखर कोइराला

  डेटूडे खबर डेस्क
  १४ पौष २०८१

                            

 जनकपुरधाम ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन्।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आज कोइरालाले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र यो सरकार सफल भएर नै छाड्ने बताए ।

राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति भइ वर्तमान सरकार गठन भएको उनले उल्लेख गरे ।

उनले भने, “यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।”

 डा. कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको  समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट