प्रख्यात गायिका आशा भोसलेकाे निधन
डेटूडे खबर डेस्क
२९ चैत्र २०८२
एजेन्सी ।
प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ। हृदयाघात र श्वासप्रश्वाससम्बन्धी जटिलताका कारण शनिबार अस्पताल भर्ना गरिएकी भोसलेले ९२ वर्षको उमेरमा आइतबार दिउँसो अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
लामो समयदेखि अस्वस्थ रहेकी भोसलेको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शनिबार राति ब्रिच क्यान्डी अस्पतालको सघन हेरचाह इकाईमा भर्ना गरिएको थियो।
उनका छोरा आनन्दले आइतबार दिउँसो खबर पुष्टि गरेको सञ्चारमाध्यमले जनाएकाे छ। उनको अन्तिम संस्कार सोमबार (भाेली)गर्ने बताइएको छ।
