नातावादकाे नियुक्तिमा नलाग्न सांसदहरुलाई रविको निर्देशन

  डेटूडे खबर डेस्क
  २७ चैत्र २०८२

                            

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नातावादमा नलाग्न सांसदहरुलाई निर्देशन दिएका छन् । संसदीय दलको बैठकमा बोल्दै रविले पार्टीका सांसदहरुलाई आफन्त र साथीभाइलाई नियक्ति दिलाउनका लागि नलाग्न निर्देशन दिएका हुन् ।

आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न निर्देशन दिँदै उनले जेन–जीको बलिदानबाट यो ठाउँमा आएको हो भन्ने कुरा नबिर्सिन पनि सांसदहरुलाई सचेत गराएका छन् ।त्यस्तै, संसदीय दलको बैठकले उपउपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट