वर्षको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो
डेटूडे खबर डेस्क
०१ वैशाख २०८३
जनकपुरधाम । २०८३ सालको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ ।
हिजो ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० मा कारोरबार भएको सुनको भाउ आज ३१ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको ४ हजार ९०० रुपैयाँ थियो ।
