मिथिला माध्यमिकी परिक्रमा श्रद्धालुका लागि हेल्पडेस्क

  डेटूडे खबर डेस्क
  २३ फाल्गुण २०८१

                            

जनकपुरधाम ।  । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ । महोत्तरी जिल्लाको पाँच वासामध्ये अन्तिम चरणको कञ्चनवन वासमा हेल्पडेस्क सञ्चालन गरिएको  हाे  । नेपाल–भारत खुला सीमाका अध्यक्ष राजीव झाले नेपाल–भारतको खुल्ला सीमाका कारण यात्रुहरूलाई सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने काम भइरहेको बताकाछन् । नेपाल–भारत खुला सिमानाका कारण धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सहज रूपमा सम्पन्न गर्न सकिने  समेत झाले बताए । भारतका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा साधु–सन्तहरूले बिना झन्झट नेपाल प्रवेश गरी परिक्रमा गर्न पाउने सुविधा पाएका छन् । 

यस वर्ष नेपाल–भारत खुला सीमा संवाद समूहले धार्मिक परिक्रमालाई थप व्यवस्थित बनाउन हराएका व्यक्तिहरूको खोजीका कार्यको काम पनि गरेको छ । हेल्पडेस्क सञ्चालन तथा विविध सुविधाहरूको व्यवस्थापनले परिक्रमा यात्रुहरूलाई ठुलो राहत मिलेको बताइएको छ । 

प्रत्येक वर्ष आयोजना हुने मिथिला मध्यमा परिक्रमा हिन्दु धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । यस परिक्रमाले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै नेपाल–भारतबिचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको विश्वास गरिएको छ । 

भारतका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा साधु–सन्तहरूले बिना झन्झट नेपाल प्रवेश गरी परिक्रमा गर्न पाउने सुविधा पाएका छन् । यसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न सहयोग गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुर्‍याएको छ । मिथिला मध्यमा परिक्रमा नेपाल–भारतबिचको सांस्कृतिक सम्पर्कको प्रतीक मानिन्छ । नेपाल–भारत खुला सीमाका कारण यी धार्मिक यात्राहरू सहज बन्दै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट