१३ सयले बढ्यो तोलामा सुन
_1743055803.jpg) 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १४ चैत्र २०८१  
  
                        
                            काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो। आज सुन तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार पनि सुन तोलामा २ सय रुपैयाँले बढेको थियो।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                            
                            
                           