वार्ता आह्वानसँगै शिक्षक नेताहरू सिंहदरबारमा

  डेटूडे खबर डेस्क
  १२ वैशाख २०८२

                            

काठमाडाैँ । गत २० चैतदेखि आन्दोलनरत शिक्षकहरू सरकारको वार्ता आह्वानपछि छलफलका लागि शुक्रबार आज सिंहदरबार पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त वार्ताको आह्वान गरेपछि नेपाल शिक्षक महासंघका २५ जना नेता सिंहदरबार गएका हुन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा गएको टोलीमा महासचिव तुला थापालगायतका नेताहरू सहभागी छन् । थापाले वार्ताको आह्वानपछि महासंघले आन्तरिक छलफल गरी सिंहदरबार जाने निर्णय गरेको बताए । 

महासंघले शिक्षक सेवा आयोगको पारदर्शिता, दरबन्दी व्यवस्थापन, सेवा–सुविधा वृद्धि र शिक्षा नीतिमा सुधारलगायतका माग राख्दै आएको छ ।

सरकार र शिक्षक नेताहरूबीचको वार्ताबाट माग सम्बोधन हुने अपेक्षा गरिएको छ । वार्ता असफल भए आन्दोलनलाई थप सशक्त बनाउने महासंघको चेतावनी छ ।

शिक्षकहरूको आन्दोलनका बीच सर्वोच्च अदालतले तीन दिनभित्र उनीहरूका जायज माग पूरा गरी विद्यालय फर्किने वातावरण बनाउन आदेश दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट