जेठ१५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीहरूको घोषणा

डेटूडे खबर डेस्क
२५ वैशाख २०८२
काटमाडाैँ । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै राजावादीहरूले १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजसंस्था पुन:स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका हुन् ।
संयोजक सुवेदीले आन्दोलन शान्तिपूर्ण हुने बताए । 'हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ,' उनले भने ।
घोषणासभामा समितिका संयोजक सुवेदीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत उपस्थित थिए ।