मर्निङ वाकमा निस्किएका २ महिलाको गाडीको ठक्करबाट मृत्यु

  डेटूडे खबर डेस्क
  ०२ जेठ २०८२

                            

गोरुसिङे पत्थरकोट सडक खण्ड अन्तर्गत मर्निङ वाक्मा निस्किएका दुई जना महिलाकाे गाडीको ठक्करबाट कपिलवस्तुको बुद्दभुमी नगरपालिका १ बसन्तपुरमा मृत्यु भएको छ।

अर्घाखाँचीबाट बुटवलका लागि हिँडेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ।

बिहान पौने ६ बजे सो दुर्घटना भएको हो। चालकसहित गाडी प्रहरी नियन्त्रणमा छ। चालक निदाउँदा र गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट