महोत्तरीमा सवारी दुर्घटना एक जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०२ जेठ २०८२

                            

महोत्तरी। महोत्तरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको लोहारपट्टी नगरपालिकाको वडा नं. ७ मा बोर्डिङ स्कुलको बसको ठक्करबाट पिपरा गाउँपालिका ५ बस्ने सिकिन्द्र मण्डलका १८ वर्षिय छोरा सुमित कुमार मण्डलको मृत्यु भएको हो ।

जनकपुरस्थित शारदा एकेडेमी बोर्डिङ स्कुलको अनटेष्ट बसले लोहारपट्टीमा विपरित दिशाबाट आइरहेको बिआर३२एम८०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार सुमितलाई स्थानीयबासीहरुको सहयोगमा जनकपुर अञ्चल अस्पताल पुर्‍याइएकाे थियो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक शैलेन्द्र कुमार भट्टले अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट