भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे मृत्यु

  डेटूडे खबर डेस्क
  ०४ जेठ २०८२

                            

एजेन्सी ।

भारतको हैदराबाद शहरको गुलजार हाउसमा रहेको भवनमा आगलागी हुँदा १७ जनाको मृत्यु

भएकाे छ । आज बिहान भवनमा विद्युत् शर्टका कारण आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको

मृत्यु भएकाे र १० जना घाइते भएका अग्नि विभागका अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

सबै जनाको धूवाँमा निसासिएर ज्यान गएको र कसैलाई पनि जलनका चोटहरू नदेखिएको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा २१ जना मानिस रहेका थिए । भवनको पहिलो र दोस्रो तलामा जान एउटामात्र सिँढी भएकाले उद्धार कार्यमा निकै कठिन भएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार माेदीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख भारतीय रुपैयाँ र घाइते भएकाहरूलाई ५० हजारको अनुदान घोषणा गरे                         ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट