राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त

  डेटूडे खबर डेस्क
  ०६ जेठ २०८२

                            

काठमाण्डाैँ । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । केहीबेरअघि बसेकाे मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा नियुक्त गरेको हो ।

यसअघि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिश समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्‍मा सिफारिश गरेको थियो । समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईकाे नाम सिफारिश गरेकाे थियाे ।

सिफारिश भएका नाममध्ये पौडेललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । याेसँगै झन्डै डेढ महिनादेखि रिक्त रहेकाे गभर्नर पदले पूर्णता पाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट