सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

  डेटूडे खबर डेस्क
  २१ जेठ २०८२

                            

काठमाण्डौँ ।  सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ ताेलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर दुई हजार ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४५ रुपैयाँ कायम भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट