मधेश प्रदेश भन्दा राम्रो नाम जनक वा जानकी उपयुक्त हुन्थ्यो : पूर्व प्रधानमन्त्री देउवा

डेटूडे खबर डेस्क
२३ जेठ २०८२
जनकपुरधाम ।नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक प्रदेश वा जानकी प्रदेश भएको भए उपयुक्त हुन्थ्यो बताएका छन् ।
मैथिली विकास कोषको नवनिर्मित भवनको शुक्रवार आज उद्घाटन गर्दै देउवाले यस्ताे बताएका छन् ।
उनले भने ऐतिहासिकरुपमा जनकपुरधाम, धार्मिक तथा सांस्कृतिकरुपले भरिएकाे उल्लेख गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। जनक नगरी ‘जनकपुरधाम सीताको जन्मस्थल , सीतारामको विवाहस्थल समेत रहेकाेले "जनक प्रदेश वा जानकी प्रदेश" नामले याे क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान झन् सशक्त रूपमा प्रतिबिम्बित गर्थ्यो भन्ने बताएका हुन्।
परम्परागत मैथिली कला, संस्कृती र परम्परा झल्किने नृत्य तथा संगीत प्रस्तुति, संस्कृति पहिरन र प्रदर्शनी कार्यक्रममा देखिएकाे थियाे । कार्यक्रममा कोषका अध्यक्ष जिवनाथ चौधरी,विभिन्न राजनितिक दलका नेताहरु, पत्रकार र साहित्यकारहरुकाे उपस्थिती रहेकाे थियो ।