सप्तकोशीमा बेपत्ता भएका गाेताखाेर साउदको शव भेटियो

  डेटूडे खबर डेस्क
  २५ जेठ २०८२

                            

सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ ।

कुरिनटारबाट गएका अनुभवी गोताखोर प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट शव निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

साउद नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत रेहेका थिए।

नदीमा शनिवार प्रदेशस्तरीय विपद् पूर्वतयारीका कार्यक्रम गर्ने तय भएपछि अभ्यास गरिरहेका बेला साउद र नम्बर १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरदेव राजवंशी ब्यारेजको ढोका नम्बर ५५ र ५६ देखि उत्तरतर्फ पानीको भूमरीमा फसेर बेपत्ता भएका थिए । राजवंशीको शव यसअघि नै भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट