सुनचाँदीको मूल्य घट्यो

  डेटूडे खबर डेस्क
  २७ जेठ २०८२

                            

सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी मंगलबार  प्रतितोला २ हजार १५० मा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट