तराई मधेशमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित
_1749557364.jpg)
डेटूडे खबर डेस्क
२७ जेठ २०८२
माला राय ।जनकपुरधाम। तराई मधेशमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएकाे छ । जेष्ठ महिना सकिन लाग्दा समेत पानी पर्न नसक्दा र अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसकाे हाराहारीमा पुग्न थालेपछि जनजीवन अत्यन्तै कष्टकर र प्रभावित बनेकाे छ। अत्यधिक गर्मी र प्रचण्ड घामले गर्दा बजार,चाैक,बाटोघाटामा मान्छेकाे चाप समेत घटेको छ । बढ्दै गएकाे गर्मीका कारण बिहान देखि बेलुका सम्म बाहिर निस्किन कठिनाई भइरहेको तथा दैनिकी क्रियाकलाप समेत प्रभावित भएकाे जनकपुरधाम निवासी प्रकाश मिश्र बताउँछन् ।गर्मीका कारण अस्पतालमा ज्वरो, झाडापखाला, गर्मी जन्य बिरामीहरुकाे संख्या बढेको डा. रवि रंजन प्रधानले बताए । याे गर्मीबाट बच्न दिउँसो घरबाहिर न निस्किन,प्रयाप्त मात्रा पानी खान, फलफूलकाे जुस सेवन गर्ने डा. प्रधानले आग्रह समेत गरेका छन् ।