२४२ यात्रु सवार एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटना

  डेटूडे खबर डेस्क
  २९ जेठ २०८२

                            

एजेन्सी । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको छ । 

भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटनामा परेको छ ।विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । 

 लण्डनका लागि उडेको विमान टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको हो। विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। दुर्घटनापछि दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट