केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना सात जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०१ आषाढ़ २०८२

                            

एजेन्सी । 

भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए । 

गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हाे। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।  जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलूककी महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए।

शवहरू नराम्ररी जलेको बताइएको छ। मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ। हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट