रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

  डेटूडे खबर डेस्क
  ०१ आषाढ़ २०८२

                            

काठमाडाैँ ।

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो ।

यो मुद्दामा प्रहरीले एक महिनाअघि नै अनुसन्धान सकेर सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । प्रहरीको प्रतिवेदनकै आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको हो ।

सहकारी ठगी मुद्दामा लामिछाने अहिले कारागारमै छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट