जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

  डेटूडे खबर डेस्क
  ०३ आषाढ़ २०८२

                            

काठमाडौँ । प्रतिनिधि सभामा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकको बारेमा छलफल गर्न जनता समाजवादी पार्टीले पार्टीको कार्यकारिणी समिति बोलाएको छ । 

असार ६–७ गते बस्ने बैठकमा भूमि सम्बन्धी विधेयको विषयमा छलफल हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए । वर्तमान सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश जसपा नेपालकै कारण कार्यान्वयनमा आएको थिएन । जसपा नेपालकै कारण सरकारले त्यो सो अध्यादेश फिर्ता लिएको थियो । 

सरकारले अहिले त्यसलाई विधेयकको रूपमा ल्याएर संसदमा पेस गरेको छ । त्यसमा पनि जसपा नेपालले आपत्ति जनाइसकेको छ । विधेयक फिर्ता लिनका लागि सरकारले दबाब दिइरहेको छ । त्यसका लागि थप दबाबमूलक कार्यक्रम के गर्न सकिन्छ भन्ने विषयमा कार्यकारिणी समितिमा छलफल हुने बताइएको छ । त्यस्तै, जसपा नेपालले पार्टीको विभिन्न तहका समितिहरूको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा अझै अधिवेशन भइरहेको सन्दर्भमा बैठकले समीक्षा गर्नुको साथै आवश्यक निर्देशनहरू दिइने बताइएको छ । 

यस्तै बैठकमा संघीय लोकतान्त्रिक मोर्चा तथा समसामयिक विषयमा पनि छलफल हुने प्रवक्ता सुमनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट