रास्वपाको नाराबाजी पछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित

  डेटूडे खबर डेस्क
  ०३ आषाढ़ २०८२

                            

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा आज पनि रास्वपा सांसदहरूले नाराबाजी गरेका छन् ।

बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भन्दै उनले प्रश्न उठाइन् ।

०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । उनले बोलेपछि सभामुख घिमिरेले आजै आधा घण्टा पछि बस्ने गरी बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट